सैफ अली खानमाथि चक्कु प्रहार, अस्पताल भर्ना
काठमाडौं । बलिउड अभिनेता सैफ अली खानमाथि गएराति उनको घरभित्रै चक्कु प्रहार भएको छ।
प्रहरीका अनुसार राति करिब २:३० बजे एक अज्ञात व्यक्ति सैफको बान्द्रास्थित घरभित्र पसेका थिए। ती व्यक्तिले सुरुमा घरेलु कामदारसँग विवाद गरेपछि सैफले हस्तक्षेप गर्न खोज्दा उनीमाथि आक्रमण भएको बताइएको छ।
मुम्बई प्रहरीका अधिकारीहरूले ती व्यक्तिको खोजी जारी रहेको जानकारी दिएका छन्। घटनापछि सैफलाई तत्काल लीलावती अस्पताल पुर्याइएको थियो। अस्पतालका चिकित्सक डा. नीरज उत्तमानीका अनुसार सैफलाई ६ ठाउँमा चोट लागेको छ, जसमा दुई चोट गहिरो छन्।
“घाइते सैफलाई करिब ३:३० बजे अस्पतालमा ल्याइएको थियो। शल्यक्रिया बिहान ५:३० बजे सुरु गरिएको छ,” डा. उत्तमानीले भने। सैफको मेरुदण्ड नजिक र घाँटीमा चोट लागेको छ। चोट कति गहिरो छ भन्ने कुरा शल्यक्रिया पूरा भएपछि मात्र थाहा हुनेछ।
घटनास्थलबाट चोर भाग्न सफल भए पनि प्रहरीले आक्रमणकारीको खोजी तीव्र बनाएको छ। यो घटनाले बलिउडमा ठूलो चर्चा चलाएको छ।
सैफको परिवारलाई सुरक्षा दिने व्यवस्था थप कडा पारिएको प्रहरीले जनाएको छ। बीबीसी हिन्दी बाट ।
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.