रबिकाे थुनछेक बहस सकियाे, केही बेरमा नै आदेश आउने
काठमाडौं, २ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको मुद्दामा थुनछेक बहस सकिएकाे छ । लामिछानेको तर्फवाट थुनछेक बहस सकिए पनि जाहेरीवालाकोतर्फवाट भइरहेको थुनछेक बहस नसकिए पछि उनी गत आइतवार देखी काठमाडौं प्रहरीको हिरासतमा रहेका थिए। आज बिहान अदालत पुगे पछि थुनछेक बहस सुरू भएको र साे सकिएकाे जान्कारी दिदैँ केही बेरमा नै आदेश आउने देखिएकाे छ ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको एकल इजलासमा उनको थुनछेक बहस भइरहेको थियाे । बहस नसकिएको भन्दै यसअघि आइतवार र सोमवार लामिछानेलाइ हिरासतमा राख्न आदेश दिएका थिए। तर, थुनछेक बहस सकिए पछि केही बेरमा अादेश अाउने भए पछि अदालतमा भिड लागेकाे छ ।
उनलाइ अदालत परिसरवाट प्रहरी हिरासतमा लैजाँदा उनका समर्थकहरूले भने बाहिर भने दैनिकजसो नाराबाजी गरिरहेका छन भने प्रहरी हिरासतमा जानु अघि उनले सबैलाइ ‘स्यालुट’ गर्ने गरिरहेका छन् ।
सुर्य दर्शन सहकारी ठगी प्रकरणमा गत कार्तिक २ गते पक्राउ परेका लामिछाने ८४ दिन पछि गत बिहिवार साँझ ६५ लाख धरौंटी बुझाएर पोखराबाट छुटेका थिए । त्यहाँवाट छुटे पनि शुक्रबार जिल्ला अदालत, काठमाडौंमा स्वयं हाजिर हुने भनिए पनि समय अभावका कारण उनी शुक्रबार हाजिर हुन भने सकेका थिएनन् तर, आइतवार देखी अदालतमा हाजिर भएका लामिछाने काठमाडौंमा बिगत तीन दिन देखी हिरासतमा रहदैँ आएका छन् ।
कालिमाटीस्थित स्वर्णलक्ष्मी वहुउद्देश्यीय सहकारी संस्थामा भएको रकम अपचलनसम्बन्धी मुद्दामा लामिछाने प्रतिवादी बनाइएकोले काठमाडौंमा पनि बयान लिइरहेको हो । जिल्ला प्रहरी परिसर, काठमाडौंले गत पुस २१ गते लामिछानेसहित ३९ जनालाई प्रतिवादी बनाउँदै मुद्दा दर्ता गर्न सुझाव दिए पछि सरकारी वकिल कार्याले उनीबिरूद्दसहित मुद्दा दर्ता गरेको हो ।
उक्त सहकारीबाट ६९० बचतकर्ताको १ अर्ब १९ करोड ३० लाख ९० हजार ४९३ रुपैयाँ हिनामिना गरेको आरोप लामिछानेसहित माथी लागेको छ ।
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.