रवि लामिछानेलाई किन छाडेको भन्दै युवराज सफलद्वारा न्यायाधीश राईविरुद्ध उजुरी

शुक्रबार, २६ पुष २०८१, ८:४ PM
post-image

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई रिहा गर्न आदेश दिने कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईविरुद्ध उजुरी दर्ता भएको छ।

उक्त उजुरी युवराज सफलले न्याय परिषद्मा दर्ता गराएका हुन्। 

युवराज सफलले सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरण मुद्दामा रवि लामिछानेलाई धरौटीमा छाडिएको भन्दै न्यायाधीश राईविरुद्ध न्यायपरिषद्मा उजुरी दर्ता गराएका हुन्। सफलले शुक्रबार उजुरी दर्ता गरेका हुन्।

उजुरीमा न्यायाधीश राईले रविलाई थुनामा पठाउन पर्याप्त प्रमाण र तथ्य हुँदाहुँदै पनि ६५ लाख रुपैयाँ धरौटीमा तारेखमा रिहा गरेको भन्दै आदेशविरुद्ध असहमति जनाइएको छ।

सफलले उजुरीमा भनेका छन् कि पुर्पक्षका लागि थुनामा राखी मुद्दा अगाडि बढाउनुपर्नेमा, न्यायाधीशले दाबी गरिएको बिगो रकमभन्दा निकै कम धरौटी तोकी छाड्ने निर्णय गरेका छन्। उक्त निर्णय कानुनी, न्यायिक र व्यवहारिक कुनै पनि आधारमा न्यायसंगत नभएको उजुरीमा उल्लेख गरिएको छ।

यो पनि पढ्नुहोस्:
रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश

सहकारी बचत अपचलनको मुद्दामा रास्वपा सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई कास्की जिल्ला अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको छ।  

इजालासमा रबिको प्रतिबद्ता, ‘थुनामुक्त गरिदिनुहोस्, पीडितको रकम फिर्ताका लागि पहल गर्छु’

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानेले थुनामुक्त गरेमा सहकारी पीडितको रकम फिर्ता गर्ने पहल गर्ने जनाएका छन् ।

सुर्यदर्शन सहकारी ठगी, कोसँग कति धरौटी मागियो ?

जिल्ला अदालत कास्कीले सूर्यदर्शन सहकारी प्रकरणमा पक्राउ परेका सातै जनालाई धरौटीमा रिहा गर्न आदेश दिएको छ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.

}