सुर्यदर्शन सहकारी ठगी, कोसँग कति धरौटी मागियो ?

बिहिबार, २५ पुष २०८१, ६:० PM
post-image

पोखरा, २५ पुस ।  जिल्ला अदालत कास्कीले सूर्यदर्शन सहकारी प्रकरणमा पक्राउ परेका सातै जनालाई धरौटीमा रिहा गर्न आदेश दिएको छ। बिहीबार जिल्ला न्यायाधीश नितिज राईको इजलासले रवि लामिछाने, छविलाल जोशी, लिला पछाईं, रामबहादुर खनाल, मिना गुरुङ, कृष्णबहादुर  गुरुङ र आरती गुरुङलाई धरौटीमा रिहा गर्ने आदेश दिएको हो।

अदालतको आदेशअनुसार, विभिन्न धरौटी रकम तोकिएको छ।

  • रवि लामिछानेसँग ६५ लाख रुपैयाँ,
  • छविलाल जोशीसँग ८८ लाख रुपैयाँ,
  • लिला पछाईंसँग ३७ लाख रुपैयाँ,
  • रामबहादुर खनालसँग १५ लाख रुपैयाँ,
  • मिना गुरुङसँग ५ लाख रुपैयाँ,
  • कृष्णबहादुर गुरुङसँग १ लाख रुपैयाँ,
  • आरती गुरुङसँग ५ लाख रुपैयाँ धरौटी माग गरिएको छ।

यस आदेशपछि धरौटी रकम बुझाएपछि उनीहरूलाई रिहा गर्ने प्रक्रिया अघि बढाइने छ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.

}