रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
काठमाडौं, २५ पुस । जिल्ला अदालत कास्कीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वउपप्रधानमन्त्री रवि लामिछानेलाई सूर्यदर्शन सहकारी ठगी प्रकरणमा ६५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ।
करीब तीन महिनाको अनुसन्धान र थुनछेक बहसपछि न्यायाधीश नितीज राईको इजलासले लामिछानेलाई ६५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश गरेको हो।
लामिछानेमाथि सहकारीको रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा लगेर अपचलन गरेको आरोप लागेपछि गत कात्तिक २ गते राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय कार्यालयबाट पक्राउ गरिएको थियो।
सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराधको अभियोगमा लामिछानेसहित ६३ जनाविरुद्ध एक अर्ब ५१ करोड बिगो माग दावीसहित सरकारी वकिल कार्यालयले मुद्दा दायर गरेको थियो। लामिछानेले धरौटी बुझाएर तारेखमा रही मुद्दाको पुर्पक्ष गर्नेछन्।
अभियोगमा सहकारीको रकम अपचलन, सम्पत्ति शुद्धीकरणलगायत विषय उठाइएको छ, जसमा गोर्खा मिडियाका पूर्वउपाध्यक्ष छविलाल जोशी, लिला पछाईं, मीना गुरुङ, कृष्णबहादुर गुरुङ र आरती गुरुङलगायतलाई पनि प्रतिवादी बनाइएको छ।
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.