शेरा दरबारमा मेरो कुनै संलग्नता छैन, भेटिएमा मलाइ पनि कारबाही होस्ः प्रचण्ड
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नुवाकोटस्थित शेरा दरबारको छानबिनमा सहयोग गर्ने बताएका छन ।
उनका पार्टीका पुर्व कार्यालय सचिव विकेश श्रेष्ठले सो दरबारको जग्गा ब्यक्तिको नाममा नामसारीस् गरेको खुलासा भए पछि पछिल्लो समयमा सो बिषय चर्चामा आएको छ ।
प्रतिनिधिसभा राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा एमालेका सांसद वासुदेव घिमिरेको गृहमन्त्री रमेश लेखकलाई शेरा दरबारको जग्गाबारे सोधे पछि प्रचण्डले पनि त्यसमा थप जवाफ दिएका हुन ।
‘शेरा दरबारको जग्गाबारे कानून विपरीत काम भएको छ भने फिर्ता ल्याइयोस्, यति काम गरेमा म सरकारलाई धन्यवाद भन्छु’ उनले बैठकमा भने, ‘शेरा दरबारमा दोषीलाई कारवाहीको दायरामा ल्याइयोस् ।’ सो दरबारका बारेमा आफुले सार्बजनिक मञ्च र सामाजिक सञ्जालवाट पनि प्रस्टीकरण दिदैँ सरकारको जमिन व्यक्तिको नाममा ल्याउनेलाई कानूनी कारवाही गर्नुपर्छ भन्ने पक्षमा रहेको जनाए ।
‘राज्यको जमिन व्यक्तिको नाममा गएको छ भने कानून बमोजिम फिर्ता ल्याउनुपर्छ, छानबिन गर्दै गएमा प्रचण्ड पनि देखिएको छ भने पनि मलाइ पनि छानबिनको दायरामा ल्याउनुहोस्,’ उनले भने । तर, सो प्रकरणमा आफ्नो नाम जोडिएकोमा भने उनले दुःख ब्यक्त गरेका छन ।
गौरीगञ्ज झापाको आमसभामा पनि अध्यक्ष प्रचण्डले बिकेश श्रेष्ठले पार्टी छाडेर गएको १०–१२ बर्ष भइसकेको जनाउँदै आफ्नो नाम नमुछन आग्रह गरेका थिए ।
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.