भाइरल बाल गायक सचिन परियारको निधन
काठमाडौ, १८ पुस। बाल गायक तथा सामाजिक सञ्जालमा भाइरल बनेका सचिन परियारको निधन भएको छ। महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा आज बिहान करिब १० बजे उनले अन्तिम सास फेरे।
१३ वर्षीय सचिनलाई एक साताअघि स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको थियो। उनलाई आईसीयूमा राखेर उपचार गरिए पनि स्वास्थ्यमा सुधार हुन सकेन। निधनको खबर उनको परिवार र अस्पताल स्रोतले पुष्टि गरेको छ।
सचिनका पिता तेजेन्द्र परियारले छोराको उपचारका लागि आर्थिक समस्या रहेको बताउँदै आएका थिए। आर्थिक सहयोगका लागि परिवारले सार्वजनिक रूपमा अपीलसमेत गरेको थियो। यद्यपि, सहयोग रकम दुरुपयोग भएको आरोप उनका पितामाथि लागेको थियो।
सानैदेखि शारीरिक रूपमा कमजोर रहेका सचिन मिठो बोली र अनौठो हाउभाउका कारण सामाजिक सञ्जालमा चर्चित बनेका थिए। पछिल्ला दिनमा उनी सडकमा मानिसहरूसँग आर्थिक सहयोग मागिरहेका देखिन्थे।
सचिनले अभिनेता राजेश हमालसँग एक म्युजिक भिडियोमा अभिनय गरेका थिए भने हास्य टेलिशृङ्खला ‘मेरी बास्सै’मा पनि सहभागिता जनाएका थिए। उनका ‘रातो रबर एक’, ‘रुमाल खस्छकी’, ‘के छ र हजुर’, ‘बरको छाँयाले’ जस्ता गीत लोकप्रिय बनेका थिए।
सचिनको निधनले संगीतप्रेमी र उनका शुभचिन्तकहरूलाई स्तब्ध बनाएको छ। उनका परिवारले अहिले अस्पतालमै रहेर औपचारिक प्रक्रियाहरू पूरा गरिरहेका छन्।
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.