बढ्यो पेट्रोल र डिजेलको मूल्य

मंगलबार, १६ पुष २०८१, ९:१९ PM
post-image

काठमाडौं। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि गरेको छ।

आज राति १ बजेदेखि लागू हुने गरी पेट्रोलमा १ रुपैयाँ र डिजेलमा २ रुपैयाँले मूल्य वृद्धि गरिएको निगमले जनाएको छ।

त्यस्तै, हवाई इन्धनतर्फ आन्तरिक उडानका लागि प्रति लिटर २ रुपैयाँले मूल्य बढाइएको छ भने अन्तर्राष्ट्रिय उडानतर्फ प्रति किलोलीटर १५ अमेरिकी डलरले मूल्य घटाउने निर्णय गरिएको निगमको विज्ञप्तिमा उल्लेख छ।

एलपी ग्यासको मूल्य भने यथावत राखिएको छ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.

}