रास्वपा सभापति रवि लामिछाने सांसद पदबाट निलम्बित

सोमबार, ८ पुष २०८१, ७:२९ PM
post-image

काठमाडौं, ८ पुस । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई सांसद पदबाट निलम्बन गरिएको छ। संघीय संसद् सचिवालयले सूचना प्रकाशित गर्दै लामिछानेविरुद्ध दायर मुद्दाको किनारा नभएसम्म निलम्बन लागू हुने जानकारी गराएको हो।

लामिछाने चितवन क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद तथा रास्वपा संसदीय दलका नेता हुन्। जिल्ला सरकारी वकिल कार्यालय कास्कीले उनीमाथि सम्पत्ति शुद्धिकरण (मनी लाउन्डरिङ), संगठित अपराध, र सहकारी ठगी सम्बन्धी तीनवटा मुद्दा दायर गरेको छ। संसद सचिवालयले सम्पत्ति शुद्धिकरण निवारण ऐन, २०६४ अनुसार मुद्दाको किनारा नभएसम्म उनी निलम्बनमा रहने कानूनी व्यवस्था रहेको जनाएको छ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.

}