कास्की अदालतको आदेशपछि निकोलस भुसाल रिहा

सोमबार, ८ पुष २०८१, ७:२६ PM
post-image

काठमाडौं, ८ पुस । हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको सुतिरहेको तस्वीर खिचेर सार्वजनिक गरेको आरोपमा पक्राउ परेका निकोलस भुसाललाई रिहा गरिएको छ।

आइतबार साँझ काठमाडौंमा पक्राउ परेका भुसाललाई सोमबार बिहान पोखरा लगिएको थियो। कास्की जिल्ला अदालतले उनलाई हिरासतमा राख्न म्याद दिन अस्वीकार गरेपछि प्रहरीले उनलाई आफन्तको जिम्मा लगाउने तयारी गरेको हो। कास्की प्रहरीका प्रवक्ता बसन्त शर्माका अनुसार भुसाललाई अनुसन्धानका लागि बाहिरै राखिनेछ।

 

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.

}