अर्थ समितिको बैठक आज पनि स्थगित, सुचारू हुने आशामा सांसदहरू कुर्दै
काठमाडौं, २ पुस । गणपुरक संख्या नपुगे पछि आज पनि अर्थ समितिको बैठक स्थगित भएको छ ।
संसदीय समितिमा बैठकका लागि आवाश्यक सांसद संख्याको कोरम नपुगेपछि बैठक १५ मिनेटका लागि स्थगित गरिएको छ ।
संसद सचिवालयका अनुसार ११ः३० का लागि बोलाइएको बैठकमा ८ जना सांसद मात्रै उपस्थित भइदिए ।
मंगलबारको बैठकमा सुरक्षित कारोबार ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयकमाथि संशोधनकर्तासँग छलफल गर्ने कार्यसूची रहेको थियो ।
सांसदहरू आउने क्रम जारी रहेको हुन सक्ने आशामा बैठक केही समयलाइ स्थगित गरिएको जनाइएको छ । हिजो पनि सत्तारूढ दलका सांसद नपुगे पछि अन्तिम समयमा बैठक स्थगित हुन पुगेको थियो ।
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.