रबि लामिछानेलाइ अदालत लगियो, १ अर्ब ५१ करोड बीगो मागसहित मुद्दा दर्ता हुने
कास्की, २ पुस । पुर्व उपप्रधान तथा गृह मन्त्री रबि लामिछानेलाइ अदालत लगिएको छ ।
रास्वपा सभापतिसमेत रहेका लामिछानेसहित ५ जनालाई कास्की जिल्ला अदालत उपस्थित गराइएको छ ।
लामिछाने माथी सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण गरी तीनवटा मुद्दा दर्ता गराउने तयारीमा प्रहरी पुगेको छ । अनुसन्धानका अझै जारी रहेको भन्दै आज म्याद थपका लागि अदालत लगिएको हो ।
डीएसपी वसन्तकुमार शर्माले सञ्चारकर्मीलाइ दिएकाे जानकारी अनुसार कास्की अदालतमा सूर्यदर्शन सहकारी ठगीमा संलग्न ठानिएका लामिछानेसहित ५१ जना प्रतिवादी र १ अर्ब ५१ करोड बीगो माग गरिने भएकाे छ ।
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.