एमालेलाइ कार्यालय भवन बनाउने बाटो खुल्यो, सर्वोच्चले गरिदियो रिट खारेज
काठमाडौं, १ पुस । नेकपा एमालेलाइ किर्तिपुरमा केन्द्रिय कार्यालय भवन वनाउने बाटो खुलेको छ ।
सर्वोच्च अदालतले आज एमालेको केन्द्रीय कार्यालय भवन निर्माणका लागि भाटभटेनीका मीनबहादुर गुरुङले दान गरेको जग्गा सबन्धि बिबाद टुंग्याउँदै बाटो खुल्ला गरेको हो ।
सर्वोच्चका न्यायाधीशदय अब्बुल अजिज मुसलमान र बालकृष्ण ढकालको संयुक्त इजलासले सोमबार सो जग्गा दान रोक्का गर्न दायर गरेको रिट खारेज गरेको छ ।
यसअघि पटक पटक पेशी चढेर पनि सुनवाइ स्थगित भइरहेको बेला आज भने सर्वोच्चले रिट खारेज गरेर भवन निर्माण गर्न बाटो खुल्ला गरिदिएको हो ।
व्यवसायी गुरुङले दानमा दिएको जग्गाविरुद्ध अधिवक्ता ज्ञानबहादुर बस्नेतले रिट दायर गरेका थिए । उक्त रिटमा यसअघिकाे अन्तरकालिन अन्तरिम आदेश जारी भएको थियो ।
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.