रबि लामिछाने पोखरा एअरपोर्टमा, पोखरा-काठमाडौं-सिमरा हुदैँ बिरगञ्ज लगिने
पोखरा, २४ मंसीर । पुर्व उपप्रधान तथा गृहमन्त्री रबि लामिछानेलाइ पर्सा लैजान बिमानस्थल लगिएको छ ।
राष्ट्यि स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका लामिछानेलाई बयानका लागि बिरगञ्ज लैजानका लागि अहिले पोखरा अन्तराष्ट्रिय विमानस्थलमा लगिएको छ ।
प्रहरीका अनुसार उनलाई पोखरावाट काठमाडौँ अनि काठमाडौँबाट प्लेनमा सिमरा हुँदै बिरगञ्ज लैजाने प्रयोजनका लागि एअरपोर्ट लगिएको हो ।
सहकारी ठगी प्रकरणमा पर्सामा पनि उनीविरुद्ध पक्राउ पुर्जी भएकाले प्रहरीले त्यहाँ बयानका लागि लैजान खोजिएको यसअघि नै प्रहरीले जनाएको थियो ।
ठगीमा अनुसन्धानका लागि गत कात्तिक २ गते काठमाडौँबाट पक्राउ परेका लामिछानेको कास्की, रूपेन्देही, काठमाडौं, चितवन पछि अब पर्सामा बयान लिइनेछ ।
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.