प्रधानमन्त्रीले एक महिनाको तलब झापाको मानवसेवा आश्रमलाइ दिने
झापा, २३ मङ्सिर । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको मेचीनगर नगरपालिका ४, आमडाँडीस्थित मानवसेवा आश्रमको जिल्ला कार्यालयको भवन उद्घाटन र मानवसेवा स्मारकको भवन शिलान्यास गरेका छन ।
प्रधानमन्त्री ओली र प्रथम महिला राधिका शाक्यले संयुक्त रूपमा सो उद्घाटन र शिलान्यास गरेका हुन ।
कार्यक्रममा आश्रमका लागि २ बिगाहा ५ कठ्ठा जग्गा दिने स्थानीय रामबहादुर प्रधान र परिवारलाई सम्मान गरिएको थियो । प्रधानमन्त्री ओलीले सो आश्रमको भवन निर्माणका लागि आफ्नो १ महिनाको तलव र प्रधम महिला शाक्यले २ महिनाको पेन्सन रकम दिने घोषणा गरेका छन ।
प्रधानमन्त्री ओलीको घोषणापछि अन्य अतिथि र जनप्रतिनिधिले पनि सहयोगको घोषणा गरेका छन ।
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.