निर्माणाधिन झोलुङ्गे पुल भत्किदाँ रोल्पामा ५ जनाको मृत्यु
दाङ, १६ मंसिर । रोल्पामा झोलुङ्गे पुल भाँच्चिदा ५ जनाको मृत्यु भएको छ ।
पुलको रिटेनिङ पर्खाल भत्किएर पुरिदाँ ५ जनाको मृत्यु भएको हो ।
प्रहरीका अनुसार मृत्यु हुनेमा सुनछहरी गाउँपालिका–३, बाहिरी गाम निवासी ४५ वर्षीय दुजमन परियार, वर्ष ३१ का ओम परियार, २७ वर्षीया आइती परियार, ४० वर्षीया सवित्रा परियार र ६६ वर्षीया देवीराम परिवार रहको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रवक्ता रोहितकुमार शाहीले जानकारी दिए ।
जिल्लाको सुनछहरी गाउँपालिका–३ मौलाबाङ र बाहिरी गाम जोड्ने गाजाधारा कोइगेङ झोलुङ्गे पुल निर्माणका लागि खाल्डो खन्ने क्रममा पुरिएर उनीहरूको मृत्यु भएको प्रहरीले जनाएको छ ।
सो घटनाका बारेमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.