गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल चलाएर देखाउछौंः अर्थमन्त्री पौडेल
भैरहवा, १४ मंशिर ।अर्थमन्त्री बिष्णु पौडेलले रुपन्देही सम्भावनै सम्भावना भएको जिल्ला भएकोले गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल चल्छ र चलाएर देखाउने बताएका छन ।
लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान तथा रिसर्च सेन्टर श्री रण अम्बिका शाह आँखा अस्पतालको ४२ औँ अस्पताल स्थापना दिवस समारोह तथा आधुनिक शल्यक्रिया भवन शिलान्यास कार्यक्रम भैरहवामा बोल्दै अर्थमन्त्री पौडेलले ‘रुपन्देही देशको मध्य भागमा छ, विकासका असिमित सम्भावना यसले बोकेको छ । मानवीय र भौतिक विकासको दृष्टिकोणले देशको उत्कृष्ट र नमुना जिल्ला हुनुपर्छ’ भनेका छन् ।
'रुपन्देही सभ्यता र संस्कृतिको दृष्टिकोणले पनि नमुना छ । गौतमबुद्धको जन्मस्थल भएको ठाउ, जसले संसार भरि शान्ति र मानवताको सन्देश फैलाएकाको सन्तान हौ । जुन जात धर्म संसकृतिको भएपनि हामी बुद्धका सन्तान हौ । जस्को नाताले उन्नत मानवीय संस्कृति देश र संसारभरि फैलाउनु छ,' उनले भने, ‘नकारात्मक सोचबाट माथीि उठेर सदभाव, सदियदता, आत्मयिता, बन्धुत्व त्यसको पक्ष भई निन्दा, भत्र्सना, विरोध, असन्तुष्टि, गुनासा जस्ता धन्दामा लागेर समय बर्बाद गर्दैनौ भनेर रुपन्देहीले संकल्प गर्नुपर्छ’े हामीले सृजना, सदभाव र एकताको बाटो हिड्छौ भन्ने सन्देश दिनुपर्नेछ ।'
‘५२ सालमा रुपन्देहीका अन्तराष्टिय विमानस्थल बनाउने कुरा गर्दा पागलहरुको कुरा नहुने कुरा भनेका थिए तर हामी लागेर यहाँके साथले अहिले निर्माण भई संचालनमा छ । अहिले पनि चल्दैन भनेर केहीले भनिरहेका छन, तर चलिरहेको छ,’ उनले भने ‘म भन्छु चल्छ, जसरी बन्दैन भन्नेलाई आशंका र आलोचनालाई वास्ता नगरी बनाएको विमानस्थल बन्यो । त्यसरी चल्दैन भन्नेलाई पनि वास्ता नगरी यो विमानस्थल, राम्रो होइन धेरै राम्रो सँग चल्छ हामी चलाएर देखाउछौ’ म दाबीका साथ भन्छु चल्छ र र चल्न सुरु भएको छ ।'
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.