प्रतिनिधिसभाका सचिव अधिकारीको राजिनामा स्विकृत

आइतबार, ९ मंसिर २०८१, ५:१७ PM
post-image

काठमाडौं, ९ मंशिर । प्रतिनिधिसभाका सचिव सुरेश अधिकारीको राजिनामा स्वीकृत भएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले उनको राजिनामा स्वीकृत गरेका हुन् ।

सभमुख देबराज घिमिरे कम्बोडियामा रहेको बखतमा प्रतिनिधि सभाका सचिव सुरेश अधिकारीले राजीनामा दिएका थिए। 

सभामुख देवराज घिमिरे कम्बोडिया भ्रमणमा रहेको बेला अचानक सचिव अधिकारीले राष्ट्रपति रामचन्द्र पौडेल समक्ष राजीनामा दिएका हुन्। 

अधिकारीले स्वास्थ्यलाई कारण देखाउँदै राजीनामा दिएको जनाईएको छ ।

गत असार १७ गते मात्र अधिकारीलाई सभामुख घिमिरेले प्रतिनिधि सभा सचिव नियुक्त गरेका थिए।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.

}