दरबारमार्गमा फोहोर गरेको भन्दै काठमाडौँ महानगरले एमालेलाई गर्यो एक लाख जरिवाना

शुक्रबार, ७ मंसिर २०८१, ९:२६ PM
post-image

काठमाडौँ । काठमाडौँ महागरपालिकाले नेकपा एमालेलाई एक लाख जरिवाना तिराएको छ ।

शुक्रबार काठमाडौँको दरबारमार्गमा एमालेले आयोजना गरेको जागरण सभाका क्रममा फोहोर गरेको भन्दै महानगरले एमालेलाई एक लाख जरिवाना गरेको हो ।

महानगरले सडक तथा सडकपेटीमा जथाभावी फोहोर गरि वातावरण प्रदुषण गरेकोले एक लाख जरिवाना गरेको जनाएको छ ।
 

 

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.

}