राजनीतिक प्रतिशोधविरुद्ध साँझ ७ बजे ७ मिनेट खबरदारी घण्टी बजाउन रास्वपाको अपिल

मंगलबार, ४ मंसिर २०८१, २:४३ PM
post-image

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज साँझ ७ बजे आफ्नो घरमा र सम्भव हुने टोलमा चोकमा जम्मा भई सात मिनेट खबरदारी घन्टी बजाउन अपिल गरेको छ ।

आम निर्वाचन सम्पन्न भएको दुई बर्ष पुगेको अवसरमा रास्वपाले साँझ ७ बजे सात मिनेट खबरदारी घन्टी बजाउन अपिल गरेको कार्यबाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिएका छन्  ।

बुर्लाकोटीले स्थापनाको करिब पाँच महिना मै राष्ट्रिय स्वतन्त्र पार्टीका २१ जना सांसदलाई जिताउने गरी करिब १२ लाख मत प्राप्त गरेको स्मरण गर्दै रास्वपाले शान्तिपूर्ण लोकतान्त्रिक विधिबाट प्राप्त मतलाई सम्मान गर्दै सदनलाई सदन जस्तो बनाउने गरी जनताका आवाजहरूलाई बुलन्द गरेको उल्लेख गरेका छन् । 

साथै उनले सरकारमा गएर सरकारको प्रभावकारितालाई बढाउने र भ्रष्टाचार र व्यथितिलाई न्यूनीकरण गर्न भ्रष्टाचार विरुद्ध आन्दोलन नै सुरु गरेको दाबि गरेका छन् । 

सरकारले आवाज उठाउनेहरुलाई विभिन्न बहानामा नियन्त्रणमा लिने सरकारको दूषित मनसाय देखिएको उल्लेख गर्दै बुर्लाकोटीले सरकारले एक हदमा भ्रष्टाचार भन्नै नपाउने र भ्रष्टाचारीको नाम उच्चारण गर्न नपाउने गरी निषेधाज्ञा जारी गरेको आरोप लगाएका छन् । 

उनले भनेका छन्- 'भ्रष्ट सरकारको सर्वसत्तावाद र राजनीतिक प्रतिशोध विरुद्ध आज साँझ ७ बजे आफ्नो घरमा र सम्भव हुने टोलमा चोकमा जम्मा भई सात मिनेट खबरदारी घन्टी बजाउन सबैमा अनुरोध गर्दछौं ।'

साथै रास्वपाले घन्टी बजाउँदै गरेको फोटो, भिडियोहरू सामाजिक सञ्जालमा अपलोड गरी सामाजिक सञ्जालबाट समेत खबरदारी गर्न अपिल गरको छ ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.

}