दशैको बिदा सकियो, आजदेखि शेयर बजार तथा सरकारी कार्यालय खुल्ने
काठमाडौं । आजदेखि दशैको सार्बजनिक बिदा सकिएको छ । बिदा सकिएसँगै आजदेखि सरकारी कार्यालय खुल्ने भएका छन् । बडादसैंको फूलपातीका दिनदेखि बिदा रहेका सरकारी कार्यालय आजबाट खुल्न लागेका हुन्।
सरकारले दशैँ मनाउन ५ दिन बिदा दिएको थियो । आजबाट कार्यालय खुल्ने भएपछि राजधानी काठमाडौँको चहलपहल बढेको छ भने उपत्यकामा सवारी आवागमन बढेका छन् ।
यस वर्षको दशैंमा झण्डै १३ लाख सर्वसाधारणले उपत्यका छोडेका थिए ।
आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म नवदुर्गाको साधना गरिएको प्रसादस्वरुप विजयादशमीका दिनदेखि सुरु भएको टीका र जमरा लगाउने क्रम आश्विन शुक्ल पूर्णिमासम्म नै जारी रहन्छ ।
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.