कलाकार भिसा ठगी आरोपमा हास्य कलाकार सुलेमान शंकर ‘इकु’ पक्राउ

बुधबार, २६ भदौ २०८१, ३:३२ PM
post-image

काठमाडौँ । हास्य कलाकार सुलेमान शंकर (इकु)लाई कलाकार भिसाको नाममा ठगी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ। उनलाई मंगलबार बुढानीलकण्ठ नगरपालिका-३, हात्तीगौडाबाट केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पक्राउ गरेको हो।

४० वर्षीय इकु माथि गैर-कलाकारलाई सांस्कृतिक कार्यक्रमका लागि क्यानडा, अष्ट्रेलिया र युरोपका देशहरूमा पठाउने भन्दै ठगी गरेको आरोप छ। उनले आफ्नो एसएमएस फिल्म प्रालिको नाममा ग्लोबल आईएमई बैंक खातामा प्रतिव्यक्ति १५ देखि २० लाख रुपैयाँ जम्मा गर्न लगाएका थिए। 

पीडितहरूले दिएको जाहेरीमा दुई जनाले युरोप पठाउने भन्दै इकुले जनही दुई लाख ५० हजार रुपैयाँ लिएको बताएका छन्। अन्य दुई व्यक्तिबाट क्रमशः नौ लाख र पाँच लाख रुपैयाँ लिएको पनि खुलेको छ।

प्रहरीका अनुसार, इकुले दुई व्यक्तिलाई युरोप पठाइसकेको पाइएको छ। नक्कली कागजात प्रयोग गरेर विदेश पठाउने प्रयास गरेपछि उनलाई पक्राउ गरिएको हो। अनुसन्धानका लागि काठमाडौं जिल्ला अदालतले पाँच दिनको म्याद थप गरेको छ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.

}