फेरी अर्को दुर्घटना : सुनकोसी नदीमा हाईलक्स गाडी खस्दा तीन जना बेपत्ता, खोजी कार्य जारी
काठमाडौँ । सिन्धुलीस्थित सुनकोसी नदीमा हाईलक्स गाडी खसेको छ ।
शनिबार साँझ साढे ५ बजेको समयमा सिन्धुलीको कुँडुले भन्ने ठाउँबाट हाइलक्स गाडी सुनकोसीमा खसेको थियो । उक्त गाडीमा ४ जना सवार रहेका थिए ।
प्रहरीका अनुसार एक जना हामफालेर बाहिर निस्किएका छन् भने तीन जना अझै बेपत्ता रहेका छन् । प्रहरीको गोताखोर टोलीले बेपत्ताको खोजी गरिरहेको प्रहरीले जानकारी दिएको छ ।
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.