मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य जारी
दमौली । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी नजिकै भारतीय नम्बर प्लेटको बस मर्स्याङ्दी नदीमा बस खस्दा कम्तीमा १४ जनाको मृत्यु भएको छ ।
शुक्रबार आँबुखैरेनी गाउँपालिका–२ स्थित ऐना पहराबाट यात्रुबाहक बस मर्स्याङ्दी नदीमा खसेको थियो ।
पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको युपी ५३ एफटी ७६२३ नम्बरको बस नदीमा खसेको हो । बसमा भारतीय पर्यटकहरु सवार थिए । प्रहरीका अनुसार दुर्घटनास्थलबाट अहिलेसम्म १४ जनाको शव निकालिएको छ ।
अहिले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्रको टोलीले उद्धार गरिरहेको छ । प्रारम्भिक जानकारी अनुसार बसमा ३५ जना यात्रु सवार रहेको बताइएको छ । दुर्घटनामा ६ जना यात्रु अझै बेपत्ता रहेका छन् ।
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.