नुवाकोटमा हेलिकप्टर दुर्घटनामा पाँच जनाको मृत्यु, एक नेपाली र चार जना चिनियाँ नागरिक
काठमाडौं । नुवाकोटको शिवपुरी गाउँपालिका वडा नम्बर-७ सूर्यचौरमा हेलिकप्टर दुर्घटना भएको छ ।
काठमाडौँबाट अपराहन्न १ बजेर १४ मिनेटमा नुवाकोटको स्याफ्रोबेसीको लागि उडेको एयर डाइनेस्टीको हेलिकप्टर नुवाकोटको सूर्यचौरमा दुर्घटनामा परेको हो । उडेको तीन मिनेटमै हेलिकप्टर सम्पर्कविहिन बनेको थियो ।
हेलिकप्टरमा क्याप्टेनसहित चार जना विदेशी सवार रहेको बताइएको छ । प्रहरीले हेलिकप्टरमा सवार चार यात्रु र चालकको मृत्यु भएको जानकारी दिएको छ ।
प्रहरीले घटनास्थलबाट चार पुरुष र एक महिलाको शव फेला परेको जनाएको छ । दुर्घटनामा ज्यान गुमाउनेमध्ये चार जना चिनियाँ नागरिक रहेको खुलेको छ । प्रत्यक्षदर्शीले हेलिकप्टर रुखमा ठोक्किएर आगो लाग्दै झरेको बताएका छन् ।
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.