त्रिभुवन विमानस्थलमा सौर्य एयरलाइन्सको विमान दुर्घटना
काठमाडौँ । काठमाडौँबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उड्नेबित्तिकै जमिनमा खसेको छ। नागरिक उड्ययन प्राधिकरणका एक अधिकारीका अनुसार उडान सुरु भएलगत्तै जहाज दुर्घटना भयो र आगलागीको स्थिति उत्पन्न भयो। घटनास्थलमा अग्नि नियन्त्रक र सुरक्षाकर्मीहरुको टोलीले आगो नियन्त्रणको प्रयास गरिरहेका छन्। विमानमा सवारहरुको अवस्था हालसम्म थाहा हुन सकेको छैन।जहाजमा कति यात्रु थिए भन्ने खुलेको छैन । अहिले उद्दारको काम चलिरहेको छ ।
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.