नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ ।
मुख्यसचिव सुमनराज अर्यालको अध्यक्षतामा रहेको समितिले निजामती कर्मचारीको तलब न्यूनतम २७ देखि अधिकतम ५७ प्रतिशतसम्म बढाउन सरकारलाई सिफारिस गरेको छ।
बुधबार नेपाली बजारमा सुन प्रतितोला रु. ३,३०० ले घटेर रु. २,९२,००० मा र चाँदी रु. १२५ ले घटेर रु. ४,९६० मा कारोबार भइरहेको छ।
प्रतिनिधि सभाको बैठकमा श्रम संस्कृति पार्टीले प्रधानमन्त्रीको खोजी गर्दै पर्चा देखाएर विरोध गरेको छ ।
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्री बालेन्द्र शाहको राजीनामा मागेको विषयको जवाफ दिदै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले जवाफ दिएका छन् ।
नेपालमा अनलाइन मार्फत कारोबार र ब्रोकर खाता खोल्न मिल्ने सुविधा रहे पनि बन्द गर्न ब्रोकरको कार्यालय धाउनुपर्ने झन्झट छ। सेबनका सहायक निर्देशक अशोक बिष्टका अनुसार अब TMS-लिङ्क इमेलमार्फत पनि ब्रोकर खाता बन्द गराउन सकिने भएको छ।
आजको कारोबार मात्रा पछिल्लो १ महिनाकै उच्च रहेको देखिन्छ।
नेपाल बीमा प्राधिकरणले बीमा ऐन, २०७९ को दफा १३६(१) अनुसार हिमालयन रिइन्स्योरेन्सलाई नयाँ पुनर्बीमा व्यवसाय गर्न रोक लगाएको छ। कम्पनीले पूर्व-बीमा दाबी भुक्तानी दायित्व पूरा नगरेको भन्दै यो निर्णय भएको हो।
टिकटकमा भ्रामक भिडियो पोस्ट गरी कम्पनीको ख्यातिमा हानि पुर्याएको आरोप लगाउँदै नासा सेक्युरिटीज कम्पनी लिमिटेडले नेपाल प्रहरी साइबर ब्यूरोमा उजुरी दर्ता गरेको छ।