नेपाल आयल निगमले काठमाडौँमा अत्यावश्यक भएका उपभोक्तालाई शनिबार विभिन्न पाँच बिक्री केन्द्रबाट ६ हजार ८०२ सिलिन्डर एलपी ग्यास प्रत्यक्ष बिक्री गरेको जनाएको छ ।
पत्रकार किशोर श्रेष्ठलाई अदालतमा उपस्थित गराउन सर्वोच्च अदालतले आदेश दिएको छ।
जनआस्था साप्ताहिकका अध्यक्ष एवं पत्रकार किशोर श्रेष्ठलाई तीन दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ ।
रोल्पाको थबाङ गाउँपालिका–५ कोटलबारामा अविरल वर्षासँगै आएको पहिरोले घर तथा गोठ पुरिँदा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते र १० जना बेपत्ता भएका छन् ।
विशेष अदालत काठमाडौंले सम्पत्ति शुद्धिकरणको आरोप लागेका व्यवसायी दीपक भट्टलाई थुनामा पठाउन आदेश जारी गरेको छ ।
बूढीगण्डकी जलविद्युत आयोजना राष्ट्रिय सरोकार समितिले बूढीगण्डकी आयोजना निर्माणमा सरकारले चासो नदेखाएको भन्दै असन्तुष्टि जनाएको छ ।
खाना पकाउने ग्यासमा कालोबजारी भइरहेको सूचना पाएपछि गृह मन्त्रालय र उद्योग मन्त्रालयको समन्वयमा काठमाडौँ उपत्यकाका विभिन्न ग्यास डिपोमा सादा पोसाकका प्रहरी परिचालन गरिएको छ ।
ललितपुरको ग्वार्कोमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
नेपाल आयल निगमले बजारमा खाना पकाउने ग्यासको अभाव भएको भन्ने समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै मागअनुसार नियमित रूपमा ग्यास आपूर्ति भइरहेको स्पष्ट पारेको छ।
एलपिजी ग्यास उद्योग सङ्घ नेपालले बजारमा देखिएको खाना पकाउने ग्यासको अभाव अस्थायी भएको भन्दै उपभोक्तालाई अनावश्यक रूपमा ग्यास संकलन नगर्न आग्रह गरेको छ।
.. ..