रसुवाबाट आएको सूचनाअनुसार चीनको तिब्बतबाट नेपाल प्रवेश गर्ने त्रिशूली नदीमा आकस्मिक बाढी आएपछि नदीको बहाव बढेको भन्दै जिल्ला प्रशासन कार्यालय चितवनले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।
रसुवाको भोटेकोशी नदीमा आएको ठूलो बाढी धादिङको गल्छी आसपास पुगेको छ ।
रसुवामा तिब्बततर्फबाट भोटेकोशी नदीमा ठूलो बाढी प्रवेश गरेपछि गृहमन्त्री सुदन गुरुङले भोटेकोशी र त्रिशूली नदीको तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरेका छन् ।
रसुवाको भोटेकोशी नदीमा ठूलो बाढी आएको छ ।
नागढुंगा सुरुङमार्गमा सोमबारदेखि निजी कार, जिप र भ्यानलाई पनि आवागमन खुला गरिएको छ ।
काठमाडौँ जिल्लाभित्र निजी रूपमा सञ्चालन भइरहेका छात्रावास( होस्टल) मा विद्यार्थीमाथि दुर्व्यवहार, बढी शुल्क असुली, कमजोर पूर्वाधार तथा सरसफाइ र खानपानमा लापरवाही भएको भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौँले सञ्चालकलाई एक महिनाभित्र आवश्यक व्यवस्था मिलाउन निर्देशन दिएको छ ।
प्रधानमन्त्री बालेन्द्र शाह मुस्ताङ यात्रामा निस्किएका छन्।
देशभित्र र बाहिरका राजनीतिक गतिविधिदेखि अर्थतन्त्र, समाज, खेलकुद, अन्तर्राष्ट्रिय घटनाक्रम र अन्य महत्वपूर्ण विषयसँग सम्बन्धित आज दिनभरका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।
नेपाल आयल निगमले खाना पकाउने ग्यासको बिक्री वितरणलाई व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउन ग्यास उद्योग तथा विक्रेतालाई विभिन्न निर्देशन दिएको छ ।
कैलालीको बर्दगोरिया गाउँपालिका–१, कट्टिपुरस्थित पूर्व–पश्चिम राजमार्गमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ ।
.. ..