आज देश विदेशका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।
पूर्वऊर्जामन्त्री तथा कांग्रेस नेता दीपक खड्काले कब्जा गरेको नेपाल स्काउटको जग्गामा काठमाडौं महानगरले डोजर चलाएको छ।
नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) मा कर्मचारी कटौती शुरू भएको छ ।
मेलम्ची खानेपानी आयोजनाको मुहान क्षेत्र (हेडवक्र्स) जाने सडक स्तरोन्नति गर्न बुधबार टेण्डर आह्वान गरिएको छ ।
काठमाडौँ महानगरपालिकाले सहरलाई धुलोमुक्त बनाउने कार्यक्रम अन्तर्गत सहरमा विग्रेका सडकको मर्मत, ढल मर्मत, खाल्टाखुल्टी भएका सडकमा कालोपत्रे तथा ढलान गरिरहेको छ ।
डा. गोविन्द केसीले विगतमा स्वार्थ समूहको चलखेलबाट गरिएका निर्णय उल्टाउन सरकारसमक्ष माग गरेका छन् ।
काठमाडौँ महानगरपालिकाको वातावरण व्यवस्थापन विभागले खुला ठाउँमा प्लाष्टिक, प्लाष्टिकजन्य बस्तु र फोहर बाल्न रोक लगाएको जनाएको छ ।
काठमाडौँ महानगरपालिकाले आफ्नो भौगोलिक क्षेत्रमा जडान हुने सीसीटिभी क्यामराका लागि आवश्यक पर्ने नेटवर्क प्रयोग गर्न नेपाल टेलिकमसँग सम्झौता गरेको छ ।
नेकपा माओवादी केन्द्रको नाम, झण्डा र चुनाव चिन्ह यथावत् राख्न निर्वाचन आयोगमा निवेदन परेको छ ।
हेलम्बुका स्थानीयवासीले मेलम्ची खानेपानी आयोजनाबाट पानी पथान्तरण पूर्ण रूपमा बन्द गरेपछि काठमाडौँ उपत्यकामा खानेपानी वितरण प्रभावित भएको छ।
.. ..