राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. गुणाकर भट्ट नियुक्त भएका छन् ।
सरकारले नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा कार्यकारी निर्देशकमा किरण पण्डितलाई नियुक्त गरिएको छ ।
पर्यटन विभागले यस बर्षको वसन्त सिजनमा हुने हिमाल आरोहणका लागि अहिलेसम्म २३६ जनालाई अनुमति दिएको छ ।
नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ ।
सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकसम्बन्धी प्रकरणमा २६ चैतभित्र अनुसन्धान टुंग्याउन आदेश दिएको छ।
सरकारी विज्ञापन नीजि मिडियालाई नदिने सरकारको निर्णय विरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको छ ।
नेप्सेमा आज हरियाली छाएको छ ।
स्टक ब्रोकर्स एसोसिएसन अफ नेपालको कार्यसमिति तथा पूर्व अध्यक्षहरूको टोलीले आज अर्थमन्त्रलयमा अर्थमन्त्रीसँग भेट्घाट गर्दै पूँजीबजारसम्बन्धी विभिन्न सुझाव प्रस्तुत गरेको छ।
राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता मनिष झाले अब संसद सिद्धान्तको हुने बताएका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गण्डकी प्रदेश सरकार अन्तर्गत भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय, पोखराका लेखा अधिकृत झलक शर्मा पौडेलविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
.. ..