स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री निशा मेहताले मन्त्रालयभित्र भइरहेको इन्धन दुरुपयोगबारे अनुसन्धान गरी संलग्नलाई कारबाही गर्न निर्देशन दिएकी छन् ।
नेपाल मेडिकल काउन्सिलले नेपाली नागरिकता त्यागेका १७ डाक्टरको लाइसेन्स खारेज गरेको छ ।
स्वास्थ्य मन्त्रालयले हप्तामा दुई दिन सार्वजनिक बिदा लागू भएसँगै स्वास्थ्य सेवामा कुनै असर नपर्ने गरी आवश्यक व्यवस्था मिलाइएको जनाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका सरकारी तथा निजी अस्पतालहरूमा जडान गरिएका महँगा मेडिकल उपकरणहरूको प्रयोग र सुरक्षासम्बन्धी विस्तृत अध्ययन तथा अनुगमन गर्न निर्देशन दिएको छ ।
स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत सेवा प्रवाहमा देखिएका समस्या प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
स्वास्थ्य बीमा बोर्डले वीमाको दायरा ओपिडीमा प्रति परिवार २५ हजारमा सिमित गरेको छ ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका तत्कालीन उपकूलपति प्रा.डा. संगिता सिंह भण्डारीसमेत १९ जना र हिमालयन मेडिटेक प्रालिविरुद्ध सिटी स्क्यान मेसिन खरिदमा अनियमितता गरेको आरोपमा मुद्धा दायर भएको छ
त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल, महाराजगञ्जले माघ १ गतेदेखि स्वास्थ्य बीमा उपचारका सम्पूर्ण सेवा रोक्ने निर्णय गरेको छ।
सरकारले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा वैदेशिक रोजगारमा जानेहरुका लागि स्वास्थ्य सम्बन्धि परामर्श सेवा शुरु गरेको छ ।
डा. गोविन्द केसीले विगतमा स्वार्थ समूहको चलखेलबाट गरिएका निर्णय उल्टाउन सरकारसमक्ष माग गरेका छन् ।
.. ..